रुकुम पूर्वमा पहिरोमा परी एकको मृत्यु, तीन घाइते

रुकुम पूर्वमा पहिरोमा परी एकको मृत्यु, तीन घाइते

मंगलवार, आषाढ २५ २०८१
मंगलवार, आषाढ २५ २०८१
  • रुकुम पूर्वमा पहिरोमा परी एकको मृत्यु, तीन घाइते

    रुकुम पूर्व । रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो । 

    जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।

     उनीहरूलाई उपचारका लागि रुकुमकोट पढाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij