सुदूरपश्चिम सरकारबाट बाहिरियाे एमाले, मुख्यमन्त्री सोडारी अल्पमतमा

सुदूरपश्चिम सरकारबाट बाहिरियाे एमाले, मुख्यमन्त्री सोडारी अल्पमतमा

बिहिवार, आषाढ २० २०८१
बिहिवार, आषाढ २० २०८१
  • सुदूरपश्चिम सरकारबाट बाहिरियाे एमाले, मुख्यमन्त्री सोडारी अल्पमतमा

    काठमाडौं । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट पनि बाहिरिएको छ । बिहीबार प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीको अनुपस्थितमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र उनको सचिवालयमा बुझाएका हुन् ।

    रावलसँगै एमालेको तर्फबाट सरकारमा सहभागी तीन जना मन्त्रीले समेत राजीनामा बुझाएका छन् ।

    आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला मन्त्री हिरा सार्की र वन, वातावरण तथा सहकारी मन्त्री वीरबहादुर थापाले राजीनामा बुझाएका छन् ।

    सुदूरपश्चिममा एमाले समेतको समर्थनमा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी मुख्यमन्त्री बनेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij