टी–२० विश्वकप : पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र अफगानिस्तान खेल्दै

टी–२० विश्वकप : पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र अफगानिस्तान खेल्दै

बिहिवार, आषाढ १३ २०८१
बिहिवार, आषाढ १३ २०८१
  • टी–२० विश्वकप : पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र अफगानिस्तान खेल्दै

    काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज बिहान दक्षिण अफ्रिका र अफगानिस्तान खेल्दैछन् । यो खेल बिहान सवा ६ बजे त्रिनिदादको ब्रायन लारा स्टेडियममा शुरु हुनेछ ।

    दक्षिण अफ्रिका सुपर–आठको समूह ‘दुई’ बाट शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो । दक्षिण अफ्रिकाले सुपर–आठको पहिलो खेलमा अमेरिकालाई १८ रन, दोस्रो खेलमा इङ्गल्यान्डलाई ७ रन र तेस्रो खेलमा वेस्ट इन्डिजलाई ‘डीएलएस’ अर्थात् डकवर्थ लुइस नियमका आधारमा ३ विकेटले हराएको थियो ।

    यस्तै अफगानिस्तान सुपर–आठको समूह ‘एक’ बाट दोस्रो स्थानमा अन्तिम चारमा पुगेको हो । अफगानिस्तान सुपर–आठको पहिलो खेलमा भारतसँग ४७ रनले पराजित भएको थियो भने दोस्रो खेलमा अस्ट्रेलियालाई २१ रन र तेस्रो खेलमा बङ्गलादेशलाई डीएलएस नियमका आधारमा ८ रनले हराएको थियो । अफगानिस्तान पहिलो पटक टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको हो ।

    यस्तै टी–२० विश्वकप क्रिकेटकाे दाेस्राे सेमिफाइनलमा भोलि राति सवा ८ बजे दोस्रो सेमिफाइनलमा भारत र इङ्गल्यान्ड खेल्दैछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij