काठमाडौं । लेबनानमा हुने सेडार महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ । प्रतियोगिताका लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आज २२ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।
प्रतियोगितामा आयोजक लेबनानसहित नेपाल, जोर्डन, र बङ्गलादेश छन् । सेडार महिला फुटबल प्रतियोगिता आउँदो जुलाई ८ देखि १६ तारिखसम्म हुनेछ । सबै देशले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।
नेपालले पहिलो खेलमा जुलाई १० मा जोर्डनसँग, जुलाई १३ मा बङ्गलादेशसँग र जुलाई १६ मा घरेलु टोली लेबनानसँग खेल्नेछ ।
नेपाली टिम
गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ
रक्षक : अमृता जैसी, गीता राना, हिराकुमारी भुजेल, विमला बिक, निशा थोकर, पूजा राना, समीक्षा घिमिरे
मिडफिल्डर : रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, सविता रानामगर, दीपा शाही, अनिता केसी, प्रीति राई, अमिषा कार्की, विमला चौधरी
फरवार्ड : सावित्रा भण्डारी, रेखा पौडेल र रश्मिकुमारी घिसिङ