अमेरिकामाथि १० विकेटको जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा

अमेरिकामाथि १० विकेटको जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा

सोमवार, आषाढ १० २०८१
सोमवार, आषाढ १० २०८१
  • अमेरिकामाथि १० विकेटको जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा

    काठमाडौं । साविक बिजेता इंग्ल्यान्ड आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा पुुगेको छ । अमेरिकाविरुद्ध १० विकेटको जित निकाल्दै इंग्ल्यान्ड सुुपर ८ बाट सेमिफाइनल पुुग्ने पहिले टिम समेत बनेको छ । आइतबार राती ब्रिजटाउनमा सम्पन्न खेलमा अमेरिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य इंग्ल्यान्डले ६२ बल बाँकी छंदै विकेट नगुमाई भेटाएएको थियो ।

    इंग्ल्यान्डको जितमा विस्फोटक ब्याटिङ गरेका जस बटलरले अविजित ८३ रन बनाए । बटलरले ३८ बलमा ६ चौका र सात छक्का प्रहार गरे । अर्का ओपनर फिल साल्ट २५ रनमा अविजित रहे । त्यसअघि टस हारेर ब्याटिङमा आएको अमेरिकाले १८.५ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो ।

    अमेरिकालाई सस्तैमा समेट्न इंग्ल्यान्डका क्रिस जोर्डनले ह्याट्रिक विकेट लिए । अमेरिकाका नितिश कुमारले ३० रन बनाए । कोरी एन्डरसनले २९, हर्मित सिंहले २१ र कप्तान आरोन जेम्सले १० रन जोडे । इंग्ल्यान्डका क्रिस जोर्डनले चार विकेट लिए । २.५ ओभर बलिङ गरेका उनले १० रनमात्र खर्चिए ।

    जोर्डनले १९औँ ओभरको तेस्रो, चौथो र पाँचौ बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए। जारी विश्वकपमा यो तेस्रो ह्याट्रिक हो । यसअघि अस्ट्रेलियाका प्याट कुमिन्सले लगातार दुई खेलमा ह्याट्रिक लिएका थिए ।आदिल राशिद र साम करणले समान दुई विकेट लिए । रिस टोप्ली र लियम लिभिङस्टोनले समान एक विकेट हात पारे ।

    जितसँगै इंग्ल्यान्ड प्रतियोगिताको सुपर–८ माअन्तर्गत समूह–२ को तालिकाको शीर्ष स्थानमा उक्लिदै अन्तिम चारमा स्थान बनाएको हो । तीन खेल खेलेको इंग्ल्यान्डको खातामा चार अंक छ । समान खेल खेल्दा पनि अंकविहीन अमेरिका भने सुपर–८ बाट जितविहीन रुपमा बाहिरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij