काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले पराजित गरेको छ । सोमबार राति भएको समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले हराएको हो ।
दक्षिण अफ्रिकाले दिएको ११४ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ७ विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो।
बंगलादेशका लागि टोहिड हृदोयले सर्वाधिक ३७ रन बनाए। उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे। महमुदउल्लाहले २७ बलमा २ चौका प्रहार गरी २० रन जोडे। कप्तान नजमुल हुसेन शान्तोले २३ बलमा १ छक्का प्रहार गरी १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले ३ तथा कगिशो रबाडा र एनरिच नोर्त्जेले २/२ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर ११३ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले सर्वाधिक ४६ रन बनाए। उनले ४४ बलमा २ चौका र ३ छक्का प्रहार गरे।
डेभिड मिलरले ३८ बलमा १ चौका र १ छक्का प्रहार गरी २९ रन जोडे। क्वीन्टन डीककले ११ बलमा १ चौका र २ छक्का प्रहार गरी १८ रनको योगदान गरे। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ बंगलादेशका तान्जिम हसन साकिबले ३, तास्किन अहमदले २ र रिशद होसेनले १ विकेट लिए।
लगातार तेस्रो जितसँगै श्रीलंकाले अन्तिम ८ मा स्थान पक्का गरेको छ। अब उसले अन्तिम खेल नेपालसँग खेल्नेछ। समूहको दोस्रो स्थानमा रहेको बंगलादेशले दुई खेलमध्ये १ जित र १ हार ब्यहोरेको छ। बंगलादेशले अब नेपाल र नेदरल्याण्ड्ससँग खेल्नेछ।
नेदरल्याण्ड्स तेस्रो, नेपाल चौथो र श्रीलंका पुछारमा छ। नेपालले अब श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ।