मधेश प्रदेशको वनमन्त्रीमा त्रिभुवन साह नियुक्त

मधेश प्रदेशको वनमन्त्रीमा त्रिभुवन साह नियुक्त

आइतवार, जेठ २७ २०८१
आइतवार, जेठ २७ २०८१
  • मधेश प्रदेशको वनमन्त्रीमा त्रिभुवन साह नियुक्त

    काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जनमत पार्टीबाट त्रिभुवन साहलाई वनमन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा  त्रिभुवन साहलाई वनमन्त्री र मोहम्मद सकिल मियाँलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

    गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका सिंहले सोही दिन १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए । सत्ता भागबन्डाका क्रममा वन मन्त्रालय जनमतले पाउने सहमति भएको थियो । त्यसमा मुख्यमन्त्रीले आज साहलाई मन्त्री नियुक्त गरेका हुन् । 

    नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ केहीबेरमा प्रदेश प्रमुखको कार्यालयमा हुँदैछ भने योसँगै अब मधेशको मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ ।

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij