टी–२० : वेस्ट इन्डिजसँग युगान्डा १३४ रनले पराजित

टी–२० : वेस्ट इन्डिजसँग युगान्डा १३४ रनले पराजित

आइतवार, जेठ २७ २०८१
आइतवार, जेठ २७ २०८१
  • टी–२० : वेस्ट इन्डिजसँग युगान्डा १३४ रनले पराजित

    काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत आज बिहान भएको खेलमा वेस्ट इन्डिजले युगान्डालाई १३४ रनको फराकिलो अन्तरले हराएको छ। वेष्टइन्डिजले दिएको १७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ ओभरमा मात्र ३९ रन बनाएर अलआउट भयो ।

    युगान्डाका जुमा मियागीले अविजित १३ रन बनाउनुबाहेक अन्य कसैले पनि दोहोरो अंक जोड्न सकेनन् । 

    युगान्डालाई सस्तैमा समेट्ने क्रममा वेष्टइन्डिजका अकिल हुसैनले एक्लै ५ विकेट लिए । यस्तै, अल्जारी जोसेफले २ र रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले एकरएक विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले ५ विकेटको क्षतिमा १७३ रन बनाएको थियो । वेष्टइन्डिजका जोनसन चार्ल्सले ४४, आन्द्रे रसेलले ३०, रोभम्यान पावेलले २३, शेरफेन रदरफोर्ड र निकोलस पुरनले २२/२२, ब्रेन्डन किंगले १३ र रोमारियो शेफर्डले ५ रन जोडे ।

    युगान्डाका ब्रायन मसाबाले २, दिनेश नाक्रानी, कसमस केइवुता र अल्पेश रामजानीले एकरएक विकेट लिए । 

    त्यस्तै आज दोस्रो खेल समूह ए अन्तर्गत भारत र पाकिस्तानबीच हुँदै छ। न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८  बजेदेखि शुरु हुने छ। 

    आजै तेस्रो खेल समुह बी अन्तर्गत ओमान र स्कटल्याण्डबीच हुदै छ। एन्टीगास्थित सर भिभीयन रिचार्ड स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा १० बजेदेखि शुरु हुने छ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij