टी–२० विश्वकप : बंगलादेशको विजयी सुरुआत, श्रीलङ्काको लगातार दोस्रो हार

टी–२० विश्वकप : बंगलादेशको विजयी सुरुआत, श्रीलङ्काको लगातार दोस्रो हार

शनिवार, जेठ २६ २०८१
शनिवार, जेठ २६ २०८१
  • टी–२० विश्वकप : बंगलादेशको विजयी सुरुआत, श्रीलङ्काको लगातार दोस्रो हार

    काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा बङ्गलादेशले श्रीलङ्कालाई दुई विकेटले हराएको छ । श्रीलङ्काले जितका लागि दिएको एक सय २५ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १९ ओभरमा ८ विकेट गुमाउँदै भेट्टायो । बङ्गलादेशका टोहिड हृदोयले सर्वाधिक ४० रन बनाए । लिटन दास ३६ रनमा आउट भए । श्रीलङ्काका नुआन थासराले ४ र वानिन्दु हसरंगाले २ विकेट लिए ।

    डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय २४ रन बनाएको थियो । उसका पाथुम निसांकाले सर्वाधिक ४७ रन बनाए । धनन्जय डि सिल्भाले २१ रन जोडे ।

    समूह ‘डी’ मा श्रीलङ्काको यो लगातार दोस्रो हार हो । श्रीलङका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो । यही समूहमा रहेको नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।

    अब नेपालले श्रीलङ्कासँग बुधवार बिहान अमेरिकाको फ्लोरिडामा खेल्नेछ । टी–२० विश्वकपमा आज बेलुका नेदरल्यान्डस् र दक्षिण अफ्रिका तथा समूह ‘बी’ का अस्ट्रेलिया र इंग्ल्यान्ड खेल्दैछन् । इंग्ल्यान्ड टी–२० विश्वकपको साविक विजेता टोली हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij