टी–२० विश्वकपमा आज चार खेल

टी–२० विश्वकपमा आज चार खेल

शनिवार, जेठ २६ २०८१
शनिवार, जेठ २६ २०८१
  • टी–२० विश्वकपमा आज चार खेल

    काठमाडौं । जारी आइसीसी टी-२० विश्वकपमा आज चार खेल हुँदै छन् ।

    आईसीसी टी–२० विश्वकप क्रिकेटमा अहिले दुई वटा खेल भइरहेका छन् । न्युजिल्यान्ड र अफगानिस्तान तथा श्रीलङ्का र बङ्ग्लादेश खेलिरहेका छन् । गुयानाको प्रोभिडेन्स मैदानमा न्युजिल्यान्डसँगको खेलमा अफगानिस्तानले ब्याटिङ गरिरहेको छ । अफगानिस्तान र न्युजिल्यान्ड समूह ‘सी’ मा छन् । अफगानिस्तानले आफ्नो पहिलो खेलमा युगान्डालाई एक सय २५ रनले हराएको थियो । न्युजिल्यान्डको यो पहिलो खेल हो । यो समूहमा वेस्ट इन्डिज, युगान्डा र पपुवा न्यु गिनी (पीएनजी) पनि रहेका छन् ।

    त्यस्तै अर्को खेलमा बङ्ग्लादेश र श्रीलङ्का डालासमा खेलिरहेका छन् । बङ्ग्लादेशले टस जितेर फिल्डिङ रोजेको छ भने श्रीलङ्काले ब्याटिङ गरिरहेकाे छ । श्रीलङ्काको यो दोस्रो खेल हो । पहिलो खेलमा श्रीलङ्का दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो ।

    बङ्ग्लादेशको यो पहिलो खेल हो । समूह ‘डी’ मा नेपालसहित दक्षिण अफ्रिका र नेदरल्यान्डस् पनि रहेका छन् । आज बेलुका नेदरल्यान्डस् र दक्षिण अफ्रिका तथा समूह ‘बी’ का अस्ट्रेलिया र इंग्ल्यान्ड खेल्दैछन् । इंग्ल्यान्ड टी–२० विश्वकपको साविक विजेता टोली हो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij