मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले लिए शपथ

मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले लिए शपथ

शुक्रवार, जेठ २५ २०८१
शुक्रवार, जेठ २५ २०८१
  • मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले लिए शपथ

    काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले शपथ लिएका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाइ शपथ खुवाएकी हुन् । 

    जनमत पार्टीका सांसद सिंह आज बिहान मात्रै मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम सतिश सिंह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

    सिंहले जनमतका साथै, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

    जसपा नेपालका तर्फबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएका थिए । प्रदेश प्रमुख भण्डारीले बुधबार नै नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न आज बिहान १० बजेसम्मको समय दिएकी थिइन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij