विश्वकप छनोट : नेपाल युएईसँग ४-० ले पराजित

विश्वकप छनोट : नेपाल युएईसँग ४-० ले पराजित

शुक्रवार, जेठ २५ २०८१
शुक्रवार, जेठ २५ २०८१
  • विश्वकप छनोट : नेपाल युएईसँग ४-० ले पराजित

    काठमाडौं । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध शानदार जित हासिल गरेको छ । साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रङ्गशालामा  सम्पन्न खेलमा  युएईले  नेपाललाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

    युएईले खेलको पहिलो हाफमा २ गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा थप २ गोल गरेको थियो । युएईका लागि हरिब अब्दुल्लाह अल्मुशरखले २ गोल गरे भने अली सलेह अम्रो र हाजिम अब्बासले समान एक÷एक गोल गरे ।

    अल्मुशरखले खेलको १२औँ र १४औँ मिनेटमा गोल गरेका थिए भने अम्रोले ५३औँ र अब्बासले ७५औँ मिनेट गोल गरेपछि यूएईले शानदार जित हासिल गरेको हो । जितसँगै पाँच जितका साथ युएईले १५ अङ्क जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा छ ।

    पाँच वटै खेलमा पराजिति नेपाल भने अङ्कबिहीन छ । नेपालले अन्तिम खेलमा यही जेठ २९ गते यमनसँग खेल्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij