नेपाल र यूएईको फिफा विश्वकप छनोट खेल आज

नेपाल र यूएईको फिफा विश्वकप छनोट खेल आज

बिहिवार, जेठ २४ २०८१
बिहिवार, जेठ २४ २०८१
  • नेपाल र यूएईको फिफा विश्वकप छनोट खेल आज

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने १० बजे साउदी अरबको दम्माममा प्रिन्स मोहमद विन फहद स्टेडियममा शुरु हुनेछ ।

    दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन अयोग्य भन्दै दुबै खेल साउदी अरबमा हुने भएको हो । नेपालले खेल आयोजना गर्न नसक्ने भएपछि साउदी अरबले नेपालको यस खेल आयोजना गर्न स्वीकार गरेको हो । नेपाल र यमन बीचको खेल पनि यही स्टेडियममा हुँदैछ ।

    समूह 'एच' मा रहेको नेपालले यसअघि चारै खेलमा पराजय भोगेको थियो । नेपाल यूएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो । त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५–० र दोस्रो खेल ३–० ले गुमाएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij