आईसीसी टी–२० विश्वकप : अष्ट्रेलियाले दियो ओमानलाई १ सय ६५ रनको लक्ष्य

आईसीसी टी–२० विश्वकप : अष्ट्रेलियाले दियो ओमानलाई १ सय ६५ रनको लक्ष्य

बिहिवार, जेठ २४ २०८१
बिहिवार, जेठ २४ २०८१
  • आईसीसी टी–२० विश्वकप : अष्ट्रेलियाले दियो ओमानलाई १ सय ६५ रनको लक्ष्य

    काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले ओमानलाई १ सय ६५ रनको लक्ष्य दिएको छ । अमेरिकाको ब्रजीटाउनमा रहेको केन्सिङ्टन ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाले पाँच विकेट गुमाएर एक सय ६४ रन बनायो ।

    अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक अविजित ६६ रन बनाए । यस्तै डेबिड वार्नरले ५६ रन बनाए । ओमानका लागि मेहरान खानले दुई विकेट तथा बिलाल खान र कलीमुल्लाहले समान एक विकेट लिए ।

    यो विश्वकपमा नेपाल, आयोजक अमेरिका र वेस्ट इन्डिजसहित २० देश सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टोली छन् । टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij