टी–२० विश्वकप : भारतले आयरल्याण्डलाई ८ विकेटले हरायो

टी–२० विश्वकप : भारतले आयरल्याण्डलाई ८ विकेटले हरायो

बिहिवार, जेठ २४ २०८१
बिहिवार, जेठ २४ २०८१
  • टी–२० विश्वकप : भारतले आयरल्याण्डलाई ८ विकेटले हरायो

    काठमाडौं । आईसीसी  टि–२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा भारत विजयी भएको छ । गएराति न्यूयोर्कमा भएको खेलमा भारतले आयरल्याण्डलाई आठ विकेटले हराएको हो ।

    आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य भारतले १२ ओभर दुई बलमा दुई विकेट गुमाएर भेट्टायो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५२ रन बनाए । ऋषभ पन्तले अविजित ३६ रन जोडे ।

    आयरल्याण्डका लागि मार्क एडेयर र बेन व्हाइटले एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्याण्डले १६ ओभरमा सबै विकेट गुमाएर ९६ रन बनायो । आयरल्याण्डका लागि ग्यारेथ डिलेनीले सर्वाधिक २६ रन बनाए । भारतका लागि हार्दिक पण्ड्याले तीन विकेट लिए ।

    टि–२० विश्वकपमा केहीबेरमा अष्ट्रेलिया र ओमान खेल्दैछन् । पाकिस्तान र अमेरिकाको खेल पनि आजै राति सवा ९ बजे शुरु हुँदैछ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij