टी–२० विश्वकप क्रिकेट : नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित

टी–२० विश्वकप क्रिकेट : नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित

बुधवार, जेठ २३ २०८१
बुधवार, जेठ २३ २०८१
  • टी–२० विश्वकप क्रिकेट : नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित

    काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्वत समूहको को आफ्नो पहिलो खेलमा नेपाल  नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । 

    नेपालले दिएको १०७ रनको लक्ष्यमा नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओ’डाउडले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए । यस्तै विक्रमजित सिंहले २२ र साएब्रान्ड एंगलब्रेक्टले १४ रन जोडे । बास डे लिडले अविजित ११ रन बनाए ।

    नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले १–१ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए ।  खेलमा खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको थियो । भुर्तेल ७ रन तथा आसिफ शेख ४ रन बनाएर आउट भए ।
     
    करन केसीले १७ तथा गुल्सन झाले १४ रनको योगदान दिए । अनिल शाहले १२ बलमा ११ रन जोडे । त्यस्तै कुशल मल्लले ९ बलमा ९ रन बनाएर आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेदरल्यान्ड्सका लागि टिम प्रिंगल र लोगन भान विकले ३–३ विकेट लिए भने पाउल भान मेकरेन र बास डे लिडेले २–२ विकेट लिए ।

    नेपालले अब आफ्नो दोस्रो खेल यही जेठ २९ गते श्रीलङ्कासित अमेरिकाको फ्लोरिडामा खेल्नेछ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij