उदयपुरबाट करिब ३ सय किलोग्राम गाँजा बरामद

उदयपुरबाट करिब ३ सय किलोग्राम गाँजा बरामद

सोमवार, जेठ २१ २०८१
सोमवार, जेठ २१ २०८१
  • उदयपुरबाट करिब ३ सय किलोग्राम गाँजा बरामद

    उदयपुर । बेलका नगरपालिका८ स्थित सिसौलिघाट जंगलबाट अवैध लागूऔषध गाँजा करिब ३ सय किलोग्राम आइतबार बेलुकी प्रहरीले बरामद गरेको छ ।

    इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र सशस्त्र प्रहरी वेश क्याम्प डुढ्खोलाबाट खटिएको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा बेवारीसे अवस्थामा लुकाई छिपाई राखिएको उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij