गुल्मीमा दुर्घटना हुँदा एकजनाको मृत्यु, सात घाइते

गुल्मीमा दुर्घटना हुँदा एकजनाको मृत्यु, सात घाइते

सोमवार, जेठ २१ २०८१
सोमवार, जेठ २१ २०८१
  • गुल्मीमा दुर्घटना हुँदा एकजनाको मृत्यु, सात घाइते

    गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

    आज बिहान चन्द्रकोट गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सत्यवती गाउँपालिका–८ भार्सेका ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । उनका अनुसार जीप आफैँ अनियन्त्रित भई सडकदेखि चार सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

    दुर्घटनामा घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । उनका अनुसार घाइते सबैलाई उपचारका लागि पाल्पा पठाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij