टी –२० विश्वकप : सुपर ओभरमा नामिबिया सँग ओमान पराजित

टी –२० विश्वकप : सुपर ओभरमा नामिबिया सँग ओमान पराजित

सोमवार, जेठ २१ २०८१
सोमवार, जेठ २१ २०८१
  • टी –२० विश्वकप : सुपर ओभरमा नामिबिया सँग ओमान पराजित

    काठमाडौं । आइसिसी टी –२० विश्वकपअन्तर्गत आज बिहान सम्पन्न खेलमा नामिबिया विजयी भएको छ।   निर्धारित २० ओभरमा दुवै टोलीले बराबरी १०९ रन बनाएपछि खेलको टुंगो सुपर ओभरबाट गरिएको हो। ​ टस हारेर पहिले ब्याटिङ गरेको ओमनले दिएको १०९ रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेट गुमाउँदै अन्तिम बलमा १०९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।  

    सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य पाएको थियो। तर ओमानले १० रन मात्र बनाउन सक्यो। ओमानका बिलाल खानले तीन चौका र एक छक्कासहित २१ रन खर्चिएका थिए।

    नामिबियाका लागि जान फ्राइलिंकले सर्वाधिक ४५ रन बनाए। निकोलास डाभिनले २४ रन जोडे।  ओमानका लागि मेहरन खानले ३ विकेट लिए भने बिलाल खान, अकिब इलियास र आयान खानले १–१ विकेट लिए।

    बारबाडोसको किङ्सटन ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो।  पहिलो दुई बलमा दुई विकेट गुमाएको ओमानले १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो। रुबेन ट्रम्पलम्यानको घातक बलिङसामु ओमान निरीह देखिएको थियो।

    त्यसपछि खालिद काइल र जिसान मक्सुदले ओमानको इनिङ्स सम्हाले। खालिद ३९ बलमा ३४ रन बनाए भने मक्सुदले २० बलमा २२ रन जोडे। त्यस्तै आयान खानले १५ रन तथा शकिल अहमदले ११ रनकोको योगदान दिए।

    नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए । उनले ४ ओभरमा मात्र २१ रन खर्चिए। उनको करियरको सबैभन्दा उत्कृष्ट बलिङ प्रदर्शन थियो भने विश्वकपमा नामिबियाका लागि पनि सबैभन्दा प्रदर्शन थियो। डेभिड विसाले ३ तथा जेर्हार्ड इरास्मसले २ विकेट लिए। बर्नार्ड स्कोल्ट्जले १ विकेट हात पारे। जितसँगै समूह बीमा रहेको नामिबियाले महत्वपूर्ण २ अंक जोडेको छ। प्रतियोगिता अन्तरगत आज राति श्रीलंका र दक्षिण अफ्रिका आमने सामने हुनेछन्। समूह एमा रहेको नेपाल र नेदरल्याण्ड्सको खेल भोलि राति हुनेछ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij