ओमानले नामबियालाई दियो ११० रनको लक्ष्य

ओमानले नामबियालाई दियो ११० रनको लक्ष्य

सोमवार, जेठ २१ २०८१
सोमवार, जेठ २१ २०८१
  • ओमानले नामबियालाई दियो ११० रनको लक्ष्य

    काठमाडौं ।  टी-२० विश्वकपको चौथो तथा समूह बीको पहिलो खेलमा ओमानले नामबियालाई ११० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको हो ।

    पहिलो दुई बलमा दुई विकेट गुमाएको ओमानले १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । त्यसपछि खालिद काइल र जिसान मक्सुदले ओमानको इनिङ्स सम्हाले । खालिद ३९ बलमा ३४ रन बनाए भने मक्सुदले २० बलमा २२ रन जोडे । त्यस्तै आयान खानले १५ रनको योगदान दिए ।

    ओमानलाई सस्तैमा समेट्ने क्रममा नामिबियाका रूबिन ट्रम्पलम्यान एक्लैले ४ विकेट लिए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij