आईसीसी विश्वकप टी २० : ओमानविरुद्ध नामिबियाले पहिले फिल्डिङ गर्ने

आईसीसी विश्वकप टी २० : ओमानविरुद्ध नामिबियाले पहिले फिल्डिङ गर्ने

सोमवार, जेठ २१ २०८१
सोमवार, जेठ २१ २०८१
  • आईसीसी विश्वकप टी २० : ओमानविरुद्ध नामिबियाले पहिले फिल्डिङ गर्ने

    काठमाडौं । आईसीसी टी–२० विश्वकपको समूह बीको पहिलो खेल सोमबार खेलिदैछ । बार्बाडोसको केन्सिङ्टन ओभलमा हुने खेलमा नामिबियाले ओमानको सामना गर्नेछ ।

    आजको खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।  खेल नेपाली समय अनुसार बिहान ६ः१५ बजे सुरु हुनेछ ।

    दुवै टोली तेस्रो टी–२० विश्वकप खेल्दैछन् । नामिबियाले सन् २०२१ र २०२२ मा आयोजना भएका पछिल्लो २ विश्वकप खेलेको थियो । उता ओमानले सन् २०१६ र २०२१ मा विश्वकप खेलेको थियो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij