टी २० विश्वकपको सह आयोजक वेस्ट इन्डिज पनि पहिलो खेलमा बिजयी

टी २० विश्वकपको सह आयोजक वेस्ट इन्डिज पनि पहिलो खेलमा बिजयी

सोमवार, जेठ २१ २०८१
सोमवार, जेठ २१ २०८१
  • टी २० विश्वकपको सह आयोजक वेस्ट इन्डिज पनि पहिलो खेलमा बिजयी

    काठमाडौं । आईसीसी टी–२० विश्वकपको दोस्रो खेलमा सह–आयोजक वेस्ट इन्डिले पपुवा न्युगिनी (पीएनजी) लाई ५ विकेटले हराएको छ । आइतबार राति वेस्ट इन्डिजको गुयनामा सम्पन्न खेलमा पीएनजीले दिएको १ सय ३७ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले १९ औ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो।

    रोस्टन चेसले नटआउट रहँदै २७ बलमा ४२ रन तथा आन्द्रे रसलले नटआउट रहेर ९ बलमा १५ रन बनाउँदै वेस्ट इन्डिजलाई जित दिलाए । चेसले आफ्नो इनिङ्समा ४ चौका र २ छक्का प्रहार गरे ।

    टोलीका लागि ब्रान्डन किंगले २९ बलमा ३४ रन तथा निकोलस पुरनले २७ बलमा २७ रन जोडे । कप्तान रोभमन पावेलले १५ रनको योगदान दिए ।

    बलिङमा राम्रो चुनौती प्रस्तुत गरेको पीएनजीका लागि कप्तान असद भालाले २ विकेट लिए भने अलेई नाओ र चाद सोपर र जोन कारिकोले एक–एक विकेट हात पारे ।

    यस अघि टस हारेर पहिला व्याटीङको निम्तो पाएको  विरुद्ध पपुवा न्युगिनी (पीएनजी)ले निर्धारीत २० ओभरमा  ८ विकेट गुमाएर १३६ रन बनाएको थियो।  टोलीका लागि सेसे बाउले अर्धशतकीय इनिङ्स खेले । उनले ४३ बलमा ५० रन जोडे । यसक्रममा उनले ६ चौका र एक छक्का हिर्काए ।

    त्यस्तै, किपलिन डोरिगाले १८ बलमा २७ रन बनाए भने कप्तान असद भालाले २२ बलमा २१ रनको योगदान दिए । चाल्र्स अमिनीले १४ बलमा १२ रन बनाए भने चाड सोपरले १० रन जोडे ।

    वेस्ट इन्डिजका लागि आन्द्रे रसल र अल्जारी जोसेफले २–२ विकेट लिए । अकिल होसेन, रोमारियो सेफर्ड र गुडाकेस मोतीले १–१ विकेट हात पारे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij