वर्षासँगै आएको पहिरोले स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिए

वर्षासँगै आएको पहिरोले स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिए

आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  • वर्षासँगै आएको पहिरोले स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिए

    किमाथाङ्का । यहाँको भोटखोला गाउँपालिकामा वर्षासँगै आएको पहिरोले एक घरसहित स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिएका छन् । 

    शुक्रबारदेखिको लगातारको वर्षापछि आएको पहिरोले  भोटखोला –४ स्थित सेम्बुङ गाउँमा रिदर ज्याबु भोटेको घर पुरिएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए । घर पुरिएपछि रिदर ज्याबुको परिवार छिमेकीको घरमा बसेका छन् । 

    पहिरोले भोटखोला –४ स्थित छोङराङमा माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको शिविर र दुई वटा गाडी पनि पुरिएका उनले जानकारी दिए ।  सोही वडाको स्याक्सिलागोलास्थित आधारभूत स्वास्थ्य चौकीको स्वास्थ्य भवनसहित स्वास्थ्य उपकरण पहिरोले पुरिँदा लाखौँको क्षति भएको छ । 

    त्यस्तैगरी सोही स्थानमा निर्माणाधीन पाँच शय्याको अस्पताल पुरिएको अध्यक्ष भोटेले बताए । उनका अनुसार कुनै मानवीय क्षति भने भएको छैन ।  

    छोङराङस्थित ग्रामीण विद्युत् कम्पनीको सामग्री बगाएको छ । बाढीपहिरोबाट भएको क्षतिबारे यकिन विवरण प्राप्त भएको छैन । पहिरोले भोटखोलाका विभिन्न सडक अवरुद्ध भएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij