असार ११ देखि दार्चुलाको तिंकर नाका सञ्चालनमा आउने

असार ११ देखि दार्चुलाको तिंकर नाका सञ्चालनमा आउने

शुक्रवार, जेठ १८ २०८१
शुक्रवार, जेठ १८ २०८१
  • असार ११ देखि दार्चुलाको तिंकर नाका सञ्चालनमा आउने

    दार्चुला । दार्चुलाको तिंकर नाका सञ्चालनमा आउने भएको छ । आगामी असार ११ गतेदेखि चीनको तिब्बतसँग जोडिएको तिंकर नाका सञ्चालनमा आउने भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए ।

    चीनको तिब्बत (बुराङकाउन्टी)का जनप्रतिनिधि, सुरक्षा अधिकारी र नेपालका तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुसँग आज भएको दुईपक्षीय कुराकानी भएपछि असार ११ गतेदेखि तिंकर नाका रुपमा सञ्चालनमा आउन लागेको हो । सुरक्षा निकायका प्रमुखहरुले चिनियाँ सुरक्षा अधिकारीसँग सामाजिक सञ्जाल ९वीच्याट० बाट नाका सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । 

    कोरोना सङ्क्रमणका कारण विसं २०७६ यता उक्त नाका बन्द छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij