काठमाडौं । आइसिसी टी–२० विश्वकप अन्तर्गत नेपालको दोस्रो तथा अन्तिम ‘वार्मअप’ खेल भारी वर्षाका कारण रद्द भएको छ । अमेरिकाको टेक्सासस्थित डालासको ग्रान्ड प्रिएरी मैदानमा बिहीबार तय भएको खेल लगातार वर्षा भएपछि रद्द भएको हो ।
घरेलु टोलीले टस जितेर पहिले ब्याटिङ रोज्नासाथ भारी वर्षा सुरु भएको थियो । नेपालका लागि विश्वकप अघि यो नै अन्तिम अभ्यास खेल थियो ।
विश्वकपअघि आइसिसीले तय गरिदिएको पहिलो ‘वार्मअप’ खेलमा भने नेपाल क्यानडासँग ६३ रनले पराजित भएको थियो ।