विश्वकपको अभ्यास खेलअन्तर्गत आज नेपालले अमेरिकासँग खेल्दै

विश्वकपको अभ्यास खेलअन्तर्गत आज नेपालले अमेरिकासँग खेल्दै

बिहिवार, जेठ १७ २०८१
बिहिवार, जेठ १७ २०८१
  • विश्वकपको अभ्यास खेलअन्तर्गत आज नेपालले अमेरिकासँग खेल्दै

    काठमाडौं । नेपालले आज टी–२० विश्वकप वार्मअपअन्तर्गत दोस्रो तथा अन्तिम खेल संयुक्त राज्य अमेरिकासँग खेल्दैछ । डालासस्थित ग्रान्ड प्रेइरी स्टेडिययममा नेपाली समयअनुसार खेल बेलुकी सवा ९ बजेदेखि सुरू हुनेछ।

    नेपालले क्यानडासँग सोमबार पहिलो औपचारिक अभ्यास खेल खेलेको थियो। उक्त खेलमा नेपाल ६३ रनले पराजित भएको थियो। 

    विश्वकपको तयारीमा रहेको नेपालले त्यसअघि वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तीन र त्यसपछि अमेरिकामा ह्युस्टन हरिकेन्ससँग दुई टी–२० अभ्यास खेल खेलेको थियो ।

    अमेरिकासँगको वार्मअप खेलसँगै नेपालको सम्पूर्ण विश्वकप तयारी सकिनेछ । विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदैछ । नेपालले डालासमै नेदरल्याड्ससँग ४ जुनमा खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

    टी–२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij