काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल खेल आज हुने भएको छ । प्रतियोगिताको उपाधिका लागि कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्ने भएका छन् ।
चेन्नाईमा हुने फाइनल खेल नेपाली समय अनुसार साँझ ७ः४५ वजे शुरु हुनेछ । पहिलो क्वालिफायरमा हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको थियो ।
दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदरावादले कोलकातासँगको भेट पक्का गरेको हो । उपाधी विजेताले २० करोड भारतीय रुपैया पाउँने छ भने उप विजेताले १० करोडमा चित्त बुुझाउनु पर्ने छ ।