अमेरिकामा नेपालको लगातार दोस्रो जित

अमेरिकामा नेपालको लगातार दोस्रो जित

आइतवार, जेठ १३ २०८१
आइतवार, जेठ १३ २०८१
  • अमेरिकामा नेपालको लगातार दोस्रो जित

    काठमाडौं । अमेरिकामा भएको दोश्रो अध्यास खेलमा पनि नेपालले जित हांसिल गरेको छ । नेपालले ह्युस्टन ह्यारिकेन्ससँगको दोस्रो टी–२० अभ्यास खेल २७ रनले जित्दै दुई खेलको सिरिज क्लिन स्वीप गरेको हो ।  

    नेपालका बलरले उत्कृष्ठ प्रर्दशन गर्दा १२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन १८ दशमलव ३ ओभरमा ९६ रनमा अल आउट भएको थियो। ह्युस्टनका लागि जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए। इमरान खान जुनियर र लाहिरु मिलान्था १६–१६ रन बनाए । 

    नेपालका करण केसीले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए। सोमपाल कामीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। रोहित पौडेल, अभिनाश बोहरा र सागर ढकालले समान एक विकेट लिए।

    त्यसअघि प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ४० बलमा १ चौकासहित सर्वाधिक ३७ रन बनाएका थिए। ओपनर कुशल भुर्तेल ३१ बलमा २ चौकासहित २३ रन, गुलशन झाले १४ रन तथा सन्दीप जोरा र सोमपाल कामीले  १२–१२ रन बनाएका थिए।

    ह्युस्टनका इमरान शेख जुनियरले ४ ओभरमा २३ रन खर्चेर २ विकेट र जिआ शाहजादले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिएका थिए। नेपाल पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो। नेपाल अव डालास जानेछ। नेपालले २७ मे मा क्यानडा र ३० मे मा अमेरिकासँग आईसीसी टी–२० विश्वकप वार्मअप खेल खेल्नेछ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij