क्रसर उद्योगमा एक मजदुर मृत फेला, अर्का एक घाइते

क्रसर उद्योगमा एक मजदुर मृत फेला, अर्का एक घाइते

बिहिवार, जेठ १० २०८१
बिहिवार, जेठ १० २०८१
  • क्रसर उद्योगमा एक मजदुर मृत फेला, अर्का एक घाइते

    काठमाडौं । धुनुषामा क्रसर उद्योगमा एक जनाको शव फेला परेको छ । धुषाको गणेशमान चारनाथ नगरपालिका –६ मा रहेको कमला स्टोर क्रसरमा स्थानीय गोदरका २० बर्षीय अर्जुन यादवको शव फेला परेको हो । 

    मजदुरी गर्दै आएका यादवको शव ढङंगा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सोही क्रसरमा काम गर्ने बाराक निजगढ बस्ने ४५ वर्षीय खेमकुमार मगर घाइते अवस्थामा भेटिएका छन् ।

    मृतकका मामा खुसीलाल यादवले घटना शंकास्पद भएको भन्दै गम्भीर रुपमा अनुसन्धान गर्न माग गरेका छन् । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij