भारतसँगका पर्साका सीमानाका आजदेखि बन्द

भारतसँगका पर्साका सीमानाका आजदेखि बन्द

बिहिवार, जेठ १० २०८१
बिहिवार, जेठ १० २०८१
  • भारतसँगका पर्साका सीमानाका आजदेखि बन्द

    वीरगञ्ज । भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन् । विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो । 

    वीरगञ्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएका  पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।  जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल– भारत सीमानाका बन्द हुने उनले जानकारी दिए ।

    “दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार नै नाका बन्द भएको हो”, उनले भने । पर्साको १सय ७ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij