काठमाडाैं । कोलकाता नाइट राइडर्सले पहिलो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई हराउँदै इन्डिन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा कोलकाता ८ विकेटले विजयी बनेको हो ।
क्वालिफायर–१ प्रतिस्पर्धामा टस जितेर पहिला ब्याटिङ गर्दै हैदराबादले १६० रनको लक्ष्य प्रस्तुत गरेको थियो । यसको जवाफमा केकेआरले दुई विकेट गुमाएर १३.४ ओभरमै खेल आफ्नो पक्षमा पार्दै फाइनलमा प्रवेश गर्यो ।
विजयी कोलकाता जितसँगै फाइनलमा प्रवेश गर्यो भने हारका बाबजुद हैदराबादले फाइनलमा जानका लागि अर्को मौका प्राप्त गर्नेछ । आज हुने राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिचको विजेतासँग टोलीले दोस्रो क्वालिफायर खेल्नेछ ।