काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ अन्तर्गत आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर र सनराइजर्स हैदराबाद भिड्ने भएका छन् ।
खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आज राति पौने ८ बजे हुनेछ । आजको विजेताले २६ मे मा हुने फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ ।
पराजित टोलीले २४ मे मा हुने दोस्रो क्वालिफायर खेल्न पाउनेछ । दोस्रो क्वालिफायरमा इलिमिनेटर खेलको विजेतासँग पहिलो क्वालिफायर टोलीको प्रतिस्पर्धा हुनेछ । इलिमिनेटरमा भोली बुधवार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरु भिड्ने छन् । इलिमिनेट खेल पनि अहमदावादमै हुने बताइएको छ ।
यो सिजनमा कोलकोता २० अंकसहित शिर्ष स्थानमा रहेको छ भने सनराइजर्स १७ अंकरहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै १७ अंकसहित रनरेटको आधारमा राजस्थान रोयल्स तेस्रो स्थानमा रहेको छ भने १४ अंकसहित रोयल च्यालेन्जर्स बैंगलुरु चौथो स्थानमा रहेको छ ।