अन्तिम खेलमा मुम्वइ लखनउसँग पराजित

अन्तिम खेलमा मुम्वइ लखनउसँग पराजित

शनिवार, जेठ ५ २०८१
शनिवार, जेठ ५ २०८१
  • अन्तिम खेलमा मुम्वइ लखनउसँग पराजित

    काठमाडौं । आईपीएलको लिगचरणबाट बाहिरिसकेको मुम्बइ इन्डियन्स अन्तिम खेलमा लखनउसँग पनि पराजित भएको छ ।

    शुक्रबार राति भएको खेलमा लखनउ १८ रनले विजयी बनेको हो । लखनउले प्रस्तुत गरेको २ सय १५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा मात्र १ सय ९६ रन बनायो । 

    ओपनर रोहित शर्माले ६८ र नमन धिरले ६२ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । अन्य ब्याटरहरू डेवाल्ड ब्रेभिसले २३, कप्तान हार्दिक पाण्ड्याले १६ र इशान किसनले १४ रन जोडे ।

    लखनउका नवीन उल हक र रवि विश्नाइले दुई÷दुई तथा क्रुनाल पाण्ड्या र मोहसिन खानले एक÷एक विकेट लिए ।

    यसअघि  लखनउले ६ विकेट गुमाएर २१४ रन बनाएको थियो । निकोलन पुरनले २९ बलमै ७५ रनको महत्वपूर्ण पारी खेले भने केएल राहुलले ५५ रनको योगदान गरे । मार्कस स्टोइनिसले २८ र आयुष बडोनीले २२ रन थपेका थिए ।

    मुम्बइका लागि नुवान थुसारा र पियुष चावलाले समान तीन÷तीन विकेट लिए । पराजयपछि मुम्बई यो सिजन अङ्क तालिकामा पुछारमा सीमित बनेको छ ।  यो हारसँगै मुम्बइ अंकतालिकाको पुछारमा रहँदै लिग चरणबाट बाहिरिएको छ भने लखनउ छैटौं स्थानमा छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij