विश्वकप क्रिकेटमा नेपालले खेल्ने वार्म-अप खेल तालिका सार्वजनिक

विश्वकप क्रिकेटमा नेपालले खेल्ने वार्म-अप खेल तालिका सार्वजनिक

शुक्रवार, जेठ ४ २०८१
शुक्रवार, जेठ ४ २०८१
  • विश्वकप क्रिकेटमा नेपालले खेल्ने वार्म-अप खेल तालिका सार्वजनिक

    काठमाडौं । नेपालले दुई एसोसिएट राष्ट्र अमेरिका र क्यानडा विरुद्ध वार्म अप खेल खेल्दैछ । आईसिसी टि-२० विश्वकप अघि नेपालले खेल्ने आधिकारिक वार्म-अप खेलको तालिका सार्वजनिक भएको छ ।

    सार्वजनिक तालिका अनुसार नेपालले मे २७ मा क्यानडा विरुद्ध खेल्नेछ भने मे ३० मा अमेरिकाको सामना गर्नेछ । नेपालले दुवै खेल टेक्सासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल्नेछ ।

    विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्ध दोस्रो अभ्यास खेल खेलिसकेको छ भने तेस्रो खेल बाँकी छ । मे १८ मा सेन्ट भिन्सेन्टमा अन्तिम अभ्यास खेलसँगै नेपाल मे १९ मा ह्युस्टन प्रस्थान गर्नेछ ।

    मे २२ र २३ मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपाल २५ मे मा डालास प्रस्थान गर्नेछ । जेठ २२ गते नेपालले नेदरल्याण्डसँगै खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij