जनकपुर–जयनगर रेल भोलिदेखि तीन दिन बन्द

जनकपुर–जयनगर रेल भोलिदेखि तीन दिन बन्द

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • जनकपुर–जयनगर रेल भोलिदेखि तीन दिन बन्द

    काठमाडौं । भंगहा–जनकपुर–जयनगर रेल भोलिदेखि तीन दिनका लागि अवरुद्ध हुने भएको छ । भारतमा हुन लागेको लोकसभा चुनावलाई लक्षित गरेर शुक्रवारदेखि सोमवारसम्म भंगहा–जनकपुरबाट भारतको जयनगरसम्म रेल्वे सेवा बन्द हुने भएको हो । 

    भारतको मधुवनी जिल्ला, सीतामढी जिल्लामा संसदीय क्षेत्रमा मे २० तारिख सोमबार लोकसभाको चुनाव हुँदै छ ।​

    इन्डो–नेपाल अन्तर्राष्ट्रिय सीमा बन्द गरी नेपाल भारत दुबै पक्षतर्फको बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयानुसार रेलसेवा तीन दिन बन्द रहनेछ’, प्रबन्धक झाले जारी गरेको सूचनामा भनिएको छ ।

    महाप्रबन्धक झाले ८ गते मंगलबारदेखि साविक बमोजिम रेलसेवा नियमित सञ्चालन हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij