सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घवहादुर सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घवहादुर सोडारीले पाए विश्वासको मत

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घवहादुर सोडारीले पाए विश्वासको मत

    काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घवहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ जना सदस्यीय प्रदेशसभामा सोडारीले २८ मत पाएका हुन् । 

    सोडारीको पक्षमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र सांसद गरी २८ जनाले मतदान गरेका छन् ।

    कांग्रेस र नागरिक उन्मुक्ति ९रेशम चौधरी पक्षधर० र राप्रपा सांसदहरू मतदान प्रक्रियामा सहभागी भएनन् । बैठक सुरु हुनेबित्तिकै विरोधसहित उनीहरूले नाराबाजी गरेका थिए । विरोधका बीच सभामुख भीमबहादुर भण्डारीले मतदान प्रक्रिया अगाडि बढाएपछि उनीहरूले बैठक बहिष्कार गरेका हुन् ।

     बैठक विपक्षीविहीन रहेको थियो । बैठकमा २८ जना सहभागी भएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij