कञ्चनपुरमा एक पूर्वशिक्षकको हत्या, एक जना पक्राउ

कञ्चनपुरमा एक पूर्वशिक्षकको हत्या, एक जना पक्राउ

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • कञ्चनपुरमा एक पूर्वशिक्षकको हत्या, एक जना पक्राउ

    काठमाडौं । कञ्चनपुरमा पूर्वशिक्षकको हत्या भएको छ । जिल्लाको बेलौरी नगरपालिका–६ को विद्यानगरका पूर्वशिक्षक लछी चन्दको ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।

    उनको हत्या अभियोगमा बेलौरीकै ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    मादक पदार्थ सेवनका क्रममा विवाद भएपछि भण्डारीले ढुंगा प्रहार गरी चन्दको हत्या गरेको अनुसन्धानमा खुलेको छ भने उनीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij