सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिहीबार विश्वासको मत लिँदै छन् । बिहान १०ः३० बजे बस्ने प्रदेशसभा बैठकमा सोडारीले विश्वासको मत लिने कार्यसूची छ ।

    सत्ता साझेदार नेकपा एमालेले विश्वासको मत दिने निर्णय गरेपछि मुख्यमन्त्री सोडारी प्रक्रियामा जान लागेका हुन् । एमाले सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र पालले मुख्यमन्त्रीलाई विश्वासको मत दिन केन्द्रबाट निर्देशन आएको बताए । यसअघि एमालेले निर्णय नगर्दा वैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगित भएको थियो । 

    वैशाख ६ गते मुख्यमन्त्री बनेका सोडारीले संविधानअनुसार एक महिनाभित्र अर्थात् यही जेठ ५ गतेभित्र विश्वासको मत लिनुपर्छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij