धनगढी । कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ । मृत्युु हुनेमन भारतको हल्द्वानीबाट उपचार गरी फर्किरहेकी बर्दियाको राजापुर नगरपालिका–९ कि १८ वर्षीया अञ्जली परियार रएको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा आज बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हो । एम्बुलेन्स र चालक भारतको नैनीतालका ५० वर्षीय प्यारेलाललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । एम्बुलेन्समा सवार अन्य ५ जना भने सकुशल छन् ।