उदयपुरको सिवाई-बेल्हा जोड्‍ने सडक बाढीले बगायो

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने सडक बाढीले बगायो

आइतवार, बैशाख ३० २०८१
आइतवार, बैशाख ३० २०८१
  • उदयपुरको सिवाई-बेल्हा जोड्‍ने सडक बाढीले बगायो

    काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने सडक त्रियुगा नदीमा आएको बाढीले बगाएको छ । आइतबार भारी वर्षाका कारण नदीमा आएको बाढीले सडक बगाएको हो । 

    बाढीले सडक बगाएपछि सिवाई,सुन्दरपुर र बेल्हाका स्थानीयहरू वारपार गर्न थप समस्यामा परेका छन् । स्थानीयहरू दैनिक जाने बेल्टार बजार आउजाउ गर्न थप कठिनाइ भइरहेको जनाइएको छ । 

    २ वर्षअघि यही ठाउँमा निर्माण सकिनै लागेको पक्की पुल त्रियुगाको बाढीले बगाएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij