भेरीमा ट्र्याक्टर खस्दा २ जनाको मृत्यु

भेरीमा ट्र्याक्टर खस्दा २ जनाको मृत्यु

शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • भेरीमा ट्र्याक्टर खस्दा २ जनाको मृत्यु

    त्रिवेणी । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ छेपारे नजिकै भेरी नदीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा तीन जना घाइते भएका छन् । 

    आठबिसकोटदेखि जाजरकोट रिम्नातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर आज दिउँसो भेरी नदीमा खसेको  हो । दुर्घटनामा मृत्यु हुनेमा ट्र्याक्टर चालक तथा मालिक  आठबिसकोट–१४ का २२ वर्षीय विकास खड्का र सोही ठाउँका १८ वर्षीय हरि शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । 

    दुर्घटनामा घाइते तीन जनाको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ । घाइतेको पहिचान खुल्न सकेको छैन । ट्र्याक्टर सडकदेखि १ सय ५० मिटर तल भेरी नदीमा खसेको हो । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij