गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

सोमवार, बैशाख २४ २०८१
सोमवार, बैशाख २४ २०८१
  • गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नेकपा ९एमाले० का वेदबहादुर गुरुङ र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा एमालेकै सीता सुन्दासलाई नियुक्त गरेका छन् । 

    नवनियुक्त मन्त्रीद्वयलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पोखरा सभागृहमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको सपथ खुवाए । मुख्यमन्त्री अधिकारीले आइतबार मात्रै प्रदेशसभा बैठकबाट विश्वासको मत प्राप्त गरेका थिए ।

    गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त अधिकारीले यसअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीमा स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ र आर्थिक मामिला मन्त्रीमा नेकपा ९माओवादी केन्द्र० का हरिबहादुर चुमानलाई नियुक्त गरेका थिए ।

    सपथ ग्रहण समारोहमा मुख्यमन्त्री अधिकारी, सभामुख कृष्णप्रसाद धिताल, उपसभामुख बिनाकुमारी थापा, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्य, उच्चपदस्थ अधिकारी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो । प्रदेश सरकारमा सात वटा मन्त्रालय रहेकामा मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै बाँकी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij