बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित

आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित

    गोदावरी (कैलाली) । धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण प्रभावित  भएको छ । 

     धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार बजेट अभावमा सो सडकखण्डका कैलाली र डोटीका आठ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको छ । चालु आर्थिक वर्षमा प्रतिपुल रु ४० लाख विनियोजन गरिएको छ । चप्टे नदीमा पुल निर्माण गर्न रु दुई करोड ९७ लाख, मटेलीमा रु तीन करोड २६ लाख र चौकीगडा पुलका लागि रु चार करोड ७० लाखमा  निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।  

    यसैगरी, कालाखोल– लामगाडा पुल रु चार करोड पाँच लाख, नकुराडी खोलाको पुल रु तीन करोड ८२ लाख, कैलालीको हाटखोली र ग्वासी खोलामा बन्ने पुलका लागि क्रमशः पाँच करोड १९ लाख र चार करोड ५० लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको जानकारी उनले दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij