नदीमा डुबेर दुईको मृत्यु, दुई जना घाईते

नदीमा डुबेर दुईको मृत्यु, दुई जना घाईते

आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • नदीमा डुबेर दुईको मृत्यु, दुई जना घाईते

    महेन्द्रनगर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । थप दुईजना घाईते भएका छन् । 

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिनुभयो । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन् ।

    घाइतेमध्ये एक जनाको धनगढी र अर्काको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुवै शव परीक्षणका लागि बेलौरी स्वास्थ्य केन्द्रमा राखेको बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij