झापामा परीक्षा दिएर फर्किंदै गरेकी छात्रामाथि गोली प्रहार

झापामा परीक्षा दिएर फर्किंदै गरेकी छात्रामाथि गोली प्रहार

शुक्रवार, बैशाख २१ २०८१
शुक्रवार, बैशाख २१ २०८१
  • झापामा परीक्षा दिएर फर्किंदै गरेकी छात्रामाथि गोली प्रहार

    काठमाडौं । झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि शुक्रबार दिउँसो गोली प्रहार भएको छ ।

    दमककै हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत उदयपुरकी १८ वर्षीया एलिना अधिकारीमाथि गोली प्रहार भएको झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दले जानकारी दिए । 

    उनको पेटमा गोलीको छर्रा लागेको देखिएको छ । झापाकै एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।उनलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको आशंका प्रहरीले गरेको छ । प्रहरीले यादवको खोजी कार्य जारी राखेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij