रिडीतम्घास सडक आजदेखि एक महिनासम्म बन्द हुने

रिडीतम्घास सडक आजदेखि एक महिनासम्म बन्द हुने

सोमवार, बैशाख १७ २०८१
सोमवार, बैशाख १७ २०८१
  • रिडीतम्घास सडक आजदेखि एक महिनासम्म बन्द हुने

    गुल्मी । आजदेखि रिडी(तम्घास सडक एक महिनासम्म बन्द हुने भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास रिडी सडकको रिडीदेखि वलेटक्सारसम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतीसँगै कालोपत्रे गर्न काम हुँदै आएको छ ।

    त्यसअन्तर्गत सडकको केही ठाउँमा कडा चट्टान फोर्न र सडकको ग्रेड मिलाउने कार्य गर्न भन्दै वैशाख १७ गतेदेखि जेठ १५ गतेसम्म बिहान १० बजे देखि ४ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो ।

    मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डको २५ किलोमिटरमा समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ । २०७९ साल फागुन २८ गते सम्झौत भई २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।

    एक अरब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँको लागतमा सडक स्तरउन्नती र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको छ । सडक बन्द भएसँगै बैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

    मदन भण्डारी राजमार्गको गुल्मी खण्डको रिडीबाट सडकको स्तरोन्नती गर्ने कार्य हुँदै आएको छ । सडकको ७।७५ चौडाई कालोपत्रे गरिने भएको छ । अहिले भएको सडक निकै सानो र कालोपत्रे पनि भत्किंदै गएको थियो ।

    सडक चौडा पार्न गत चैत महिनामा पनि करिब एक महिनासम्म बन्द गरिएको थियो । यो सडक गुल्मी जिल्ला सदरमुकाम तम्घास आउने मुख्य सड्क हो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij