वीरगञ्जमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, तीन घाइते

वीरगञ्जमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, तीन घाइते

बिहिवार, बैशाख १३ २०८१
बिहिवार, बैशाख १३ २०८१
  • वीरगञ्जमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, तीन घाइते

    काठमाडौं । वीरगन्जमा बिहीबार बिहान तीव्र गतिमा रहेका दुईवटा मोटरसाइकल ठोकिँदा युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२५ मौजे सिर्सियाका २५ वर्षीय अर्जुन पटेल रहेका छन् । 

    वीरगन्ज महानगरपालिका(२५ मौजे सिर्सियामा बिहीबार बिहान सिर्सियाबाट ड्राइपोर्ट तर्फ जाँदै गरेको ना १८ प ९८१६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ३१ प ३८३५ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा ना ३१ प ३८३५ नम्बरको मोटरसाइकल चालक पटेलको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका पटेलको वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए । उक्त दुर्घटनामा ना १८ प ९८१६ नम्बरको मोटरसाइकलका चालक मौजे सिर्सियाकै १५ वर्षीय कन्हैया चर्तुवेदी, २० वर्षीय आकाश पटेल र १५ वर्षीय सामा पटेल घाइते भएका छन् । 

    घाइते तीनै जनाको अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए । दुर्घटनामा परेका दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij