लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ

लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ

मंगलवार, बैशाख ११ २०८१
मंगलवार, बैशाख ११ २०८१
  • लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ
    भद्रपुर । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेका छ । भारततर्फबाट पैदल आउँदै गर्दा मेचीनगर नगरपालिका वडा नंं ६ स्थित मेचीपुलमा जाँचका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले  जानकारी दिए । 
     
    धादिङ जिल्ला खन्याबास गाउँपालिका–५ बस्ने तामाङको साथबाट ४३.१५ ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार साँझ मेचीपुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोली र सशस्त्र प्रहरीको संयु्क्त टोलीले जाँचका क्रममा उनलाई पक्राउ गरेको हो । 
     
    यस सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय झापाका विभिन्न नाकाबाट लागुऔषधसहित युवा पक्राउ पर्दै आएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij