कालीकोटका चार स्थानीय तहबाटै नून वितरण

कालीकोटका चार स्थानीय तहबाटै नून वितरण

आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • कालीकोटका चार स्थानीय तहबाटै नून वितरण

    मान्म । कालीकोट जिल्लाका नौ स्थानीय तहमध्ये चार स्थानीय तहले साल्टट्रेडिङ कर्पोरेसन कालीकोटसँग समन्वय गरी स्थानीय तहबाट आयोडिनयुक्त नून बिक्रि वितरण सुरु गरेका छन् । 

    जिल्लाका रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका, महाबै र सान्नी त्रिवेणी गाउँपालिकाले आफैँ नून खरिद गरी नागरिकलाई बिक्रि वितरण गर्न थालेका हुन् ।

    खाँडाचक्र नगरपालिका(१ मान्ममा रहेको साल्टट्रेडिङ कर्पोरेसनमा नुन खरिद गर्न जाँदा लागत बढी र समय धेरै लाग्ने भएकाले स्थानीय तहबाटै बिक्री वितरण गर्न थालिएको हो ।

    सान्नी त्रिवेणीले नौवटै वडाका नागरिकका लागि पहिलो चरणमा एक सय ७५ क्विन्टल नून खरिद गरेर बिक्रि गर्न थालेको गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले बताए । 

    “आयोडिनयुक्त नून गाउँमै उपलब्ध गराउने उद्देश्यले प्रत्येक वडामा नून ढुवानी गरी तत्काल वितरण थालिएको छ”, उनले भने, “विगतमा नून लिन रु दुई हजारभन्दा बढी खर्च र पूरै एक दिन समय लगाएर सदरमुकाम पुगे ।”

    साल्ट ट्रेडिङ कर्पोरेसनसँगको सहकार्यमा नगरपालिका केन्द्रमै अस्थायी डिपो स्थापना गरी नून बिक्रि गरेको तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले बताए । 

    “लामो प्रयासपछि स्थानीय तहबाटै नून बिक्रि वितरण हुन थालेको छ”, उनले भने, “अहिले अस्थायी कार्यालय खोलेर वितरण थालेपनि यसलाई स्थायी बनाइ नियमित वितरणको  तयारीमा छौँ ।”
    यसअघि रास्कोट नगरपालिकाले स्थानीय तहबाटै नून बिक्रि वितरण गर्दै आएको  थियो । “हामीले गत वर्षदेखि रास्कोटबाट नून वितरण गर्दै आएका छौँ”, रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले भने, “यसले नागरिकको समयको बचत र नागरिकको खर्च बचत भएको छ ।”

    महाबै गाउँपालिकाले गाउँबाटै नून वितरण सुरु गरिसकेकोले नागरिकले नूनको लागि खेप्नुपर्ने सास्ती हटेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । 

    गाउँबाट सदरमुकाम नून लिन जान रु दुई हजारभन्दा बढी खर्च लाग्ने गर्छ । प्रतिकिलो रु नौ पर्ने नूनका लागि लागत खर्च धेरै भएको नरहरिनाथ गाउँपालिकाका(९ लालुका रामबहादुर शाहीले बताए। 

    “यहाँबाट सदरमुकाम जान एक दिन समय लाग्छ, पाँच किलो नून ल्याउन गाडी भाडा रु दुई हजार लाग्छ”, उनले भने, “गाउँमै नून उपलब्ध हुँदा हामीलाइ सजिलो भएको छ ।”

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij