वीरगन्ज भन्सारद्धारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन, कति उठ्यो ?

वीरगन्ज भन्सारद्धारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन, कति उठ्यो ?

बुधवार, कार्तिक ११ २०८३
बुधवार, कार्तिक ११ २०८३
  • वीरगन्ज भन्सारद्धारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन, कति उठ्यो ?

    वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो महिनामा २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले असोजमा लक्ष्यभन्दा २६ करोड रुपैंया बढी राजश्व संकलन गरेको हो । 

     कार्यालयलाई आसोजमा २६ अर्ब ४६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । असोजमा इन्धन आयातबाट मात्रै दुई अर्ब २९ करोड राजस्व प्राप्त भएको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिए ।

    त्यसैगरी, कार्यालयले खाना पकाउने एलपिजी ग्यासको आयातबाट एक अर्ब ८० करोड रुपैंया राजश्व उठाएको छ । त्यस्तै अलकत्रा (बिटुमिन) आयातबाट एक अर्ब ४० करोड र फलफूलतर्फ स्याउ तथा नास्पाति आयातबाट ५० करोड राजस्व सङ्कलन भएको छ ।

    कार्यालयका अनुसार असोज महिनासम्मको कुल राजस्व लक्ष्य ७० अर्ब ५६ करोड रहेकामा ६९ अर्ब १३ करोड सङ्कलन भएको छ ।चाडबाडलगायतका कारणले पनि भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व सङ्कलनमा सफलता हासिल गरेको जनाएको छ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij